सिन्धुलीमा बनाइएको डम्फु एसियाकै दोस्रो ठुलो
सिन्धुली | माघ २३, २०७९
सिन्धुली: धुलिखेलबाट सिन्धुली जाँदा करिब ४० किलोमिटरको दूरी बी.पी. राजमार्गको बायाँतर्फ एउटा ठूलो आकारमा डम्फु बनाइएको छ । डम्फु पार्क नै नामकरण गरिएको आकर्षक देखिने यो डम्फु सिन्धुलीको रोशी गाउँपालिका वडा नं. ११ कालो ढुङ्गा र रोशी खोलाको किनारमा छ ।
स्थानीयवासी राजवीर तामाङका अनुसार यो एसियाको दोस्रो ठूलो डम्फु हो । जुन ३२ फिट अग्लो र गोलाइ पनि ३२ फिट छ। पहिलो ठूलो डम्फु भुटानमा छ । तामाङका अनुसार यसको क्षेत्रफल २२१ रोपनी छ। अझै यहाँ निर्माणकार्य हुन बाँकी छ र यस्तै शैलीको तामाङ संस्कृति झल्किने ढिकी, जाँतो आदि पनि बनाइनुको साथै पार्क, बगैँचा लगाएर विभिन्न भवनहरू निर्माण हुने क्रममा छ। डम्फु तामाङ संस्कृतिको प्रमुख बाजामध्ये एक हो। अब यही स्थलमा तामाङ समुदायको विभिन्न चाडपर्व मनाइनेछ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

